

नेपाल जिन्दाबाद डट विक्स डट कम /नेपालजिन्दाबाद
-होम नाथ अधिकारी
it is my site...


दिन काट्नै गाह्रो भयो वर्षको त के कुरा
आशुपनि आउन छोड्यो हर्षको त के कुरा
सातसमुन्द्र वारी म छु पारिपट्टि उनको छाया
देख भेट नै छैन आजकल स्पर्शको त के कुरा
जिन्दगि यो पानीको फोका बनि गयो
हुरी चल्यो हावाको झोक्का बनि गयो
सधैजस्तो हरियाली रहेन मेरो संसार
यसपालिको मेरो बसन्त सुख्खा बनि गयो
सेतो हिमाल निलो पहाड झुल्के घाम यो बिहानीको
सुन्दै पनि उर्जा दिने कस्तो नाम यो बिहानीको
पात पातमा शीतका थोपा मोति जस्तै टल्किदै छन्
दिन सजाउने तयारि छ धुमधाम यो बिहानीको
हत्या हिंसा गरिबीको अवशेष बनाउछु भनेर
सुन्दर शान्त नेपालीको भेष बनाउछु भनेर
देशको ढुकुटीमा रजाइ गर्ने लाचार हरु सबै
चोर फटाहा हरुले नभने हुन्छ देश बनाउछु भनेर
मायालु त्यो संसारको उन्माद थिई उ
पुरै आकाश रंगाउने चाद