top of page

दिन काट्नै गाह्रो भयो वर्षको त के कुरा 

आशुपनि आउन छोड्यो हर्षको त के कुरा 

सातसमुन्द्र वारी म छु पारिपट्टि उनको छाया 

देख भेट नै छैन आजकल स्पर्शको त के कुरा 

जिन्दगि यो पानीको फोका बनि गयो 

हुरी चल्यो हावाको झोक्का बनि गयो 

सधैजस्तो हरियाली रहेन मेरो संसार 

यसपालिको मेरो बसन्त सुख्खा बनि गयो 

सेतो हिमाल निलो पहाड झुल्के घाम यो बिहानीको 

सुन्दै पनि उर्जा दिने कस्तो नाम यो बिहानीको 

पात पातमा शीतका थोपा मोति जस्तै टल्किदै छन् 

दिन सजाउने तयारि छ धुमधाम यो बिहानीको 

हत्या हिंसा गरिबीको अवशेष बनाउछु भनेर

सुन्दर शान्त नेपालीको भेष बनाउछु भनेर 

देशको ढुकुटीमा रजाइ गर्ने लाचार हरु सबै 

चोर फटाहा हरुले नभने हुन्छ देश बनाउछु भनेर 

मायालु त्यो संसारको उन्माद थिई उ 

पुरै आकाश रंगाउने चाद थिई उ

संगत गरे थाहा भयो उनको त्यो चरित्र आज

मेरो जीवन खेलवाड गर्ने बर्बाद थिई उ  

आखाको नानीभित्र समुन्द्री छाल रैछ 

आखिभौ र परेलीमा पिरतिको चाल रैछ 

शब्द छैन बयान गर्न तिम्रो त्यो नयनको '

समग्रमा तिम्रो आखा साच्चिकै बब्बाल रैछ 

यो ठाउ बिज्ञापनको लागि खाली छ मात्र ४०००/महिना 

यो ठाउ बिज्ञापनको लागि खाली छ मात्र ६०००/महिना

bottom of page