top of page

देश मलाइ माफ गरिदे है !

देश मलाइ माफ गरिदे है

म दोषी हु 

म अपराधी हु 

तैले मलाइ जन्म दीईस तर 

मैले तलाई कर्म दिन सकिन

तैले मलाइ धर्म सिकाइस तर 

मैले तेरो मर्म बुझ्न सकिन

तैले मलाइ नाम दीईस तर 

म तेरो कामको भइन 

तैले मलाइ धेरै दीईस 

सबै दीईस 

नाम, धर्म, भाषा, इज्जत, सम्मान 

तर पनि देश मैले 

मैले केहि दिन सकिन |

तेरो र मेरो लेनदेन मा 

त सधै ठगिएको छस 

मैले ठगेको छु तलाई 

तेरो अस्तित्वलाइ,

तेरो इज्जतलाई

तेरो आत्मसम्मान लाइ

तेरो मातृत्वलाई

त्यसैले

त्यसैले देश मलाइ माफ गरिदे है |





यतिबेला तलाई तेरा दुश्मन हरुले

मेरा दुश्मन हरुले
चिरा चिरा पार्न खोजिरहेछन
टुक्रा टुक्रा बनाउन खोजिरहेछन
मैले देखेको छु

 


तेरो इज्जत मा नै दाग लगाई रहेछन
तेरो अस्तित्व नै दाउमा राखिरहेछन
म हेरिरहेछु ट्वाल्ल परेर
तलाई दक्षिणका कोठीहरुमा
बन्धक बनाउने दुस्साहस गरिरहेछन
उत्तरका सांग्लाहरुले जेल्न खोजिरहेछन
तर म
तर म मुक्दर्शक बनिरहेछु
सरकारी बिल्ला भिरेका प्रहरी जस्तै
आफ्नै स्वार्थमा डुबिरहेछु
मेरो मुलुक को नेतृत्व जस्तै
म तातिएको छु
तर पनि तटस्थ छु
म आतिएको छु
तर पनि अलमल्ल छु
मेरो अगाडी रगतको नाली बग्दैछ
तर म
आखा सहितको अन्धो बनिरहेछु
म सुनिरहेछु
मानिस चिच्याएको, छट्पटाएको
तर म
कान सहितको बहिरो बनिरहेछु
त्यसैले पनि
म दोषी हु
म अपराधी हु
दोष बिनाको दोषी
अपराध बिनाको अपराधी
त्यसैले देश
मलाइ माफ गरिदे है !!!


यो ठाउ बिज्ञापनको लागि खाली छ मात्र ४०००/महिना 

यो ठाउ बिज्ञापनको लागि खाली छ मात्र ४०००/महिना

यो ठाउ बिज्ञापनको लागि खाली छ मात्र ४०००/महिना

यो ठाउ बिज्ञापनको लागि खाली छ मात्र ४०००/महिना

यो ठाउ बिज्ञापनको लागि खाली छ मात्र ४०००/महिना

यो ठाउ बिज्ञापनको लागि खाली छ मात्र ४०००/महिना

यो ठाउ बिज्ञापनको लागि खाली छ मात्र ६०००/महिना

bottom of page