top of page

चोटिलो चादनी ( मेरो आत्मकथा) ​

       

 

 बैशाख मासको समय थियो |  क्याम्पस मा फारम भर्ने हरुको लाइन | अनि तेही लाइनको बीचतिर म पनि थिय | खासै मन लागि राखेको थिएन पढ्न अनि फारम भर्न पनि | तैपनि लाइन मा उभिएको थिए | एकैछिन मा फारम लिने पालो मेरो आयो | फारम लिएर कलेजको चौरमा रहेको  समीको रुखको छहारीमा बसिरहेको थिए  म दिक्दार लागेर | म सोच्दै थिए  यो जिन्दगि पनि के जिउनु ?एकातिर घर परिवारको चिन्ता छ | बिहान खाए बेलुका के खाउ अनि फेरी बेलुका खाए बिहान छैन | अर्कोतिर आफ्नो सिङ्गो भबिष्य | न त देशमा कुनै जागिर गर्न पाइन्छ  न त विदेश जनाको लागि खल्तीमा पैसा नै छ | यसरि दोधारको भएर बाच्नु भन्दा त मर्नु पो पर्छ कि जस्तो लाग्थ्यो मलाई | मरे भने अरु केहि नभए  पनि यो पृथ्वि  लाइ भार त हुन्थिना होला | फारम भरेर मात्र पनि के गर्नु र ? पढेर न त कुनै जागिर पाइन्छ न त कुनै सीपमुलक ज्ञान नै हासिल हुन्छा | यस्तै यस्तै सोचेर बसी रहेको थिय म

       एक्सक्युज मि ,अचानक यौटी युबतिको आवाज मेरो कानमा गुन्जियो | म फरक्क पछाडी फर्किय . गोरो बाटुलो धपक्क बलेको अनुहारमा ठुला ठुला आखाको माथि मिलाइएका आखिभौ, ओठमा हल्का देखिने लिपिस्टिक, लामो कालो कपाल लाइ स्ट्रेड गरेर झन् सुहाएको थियो उनलाई | ए म त उनि तिर हेरेको हेरेइ पो भएछु | हतपत भनि हाले- यस प्लिज | अनि उनले भनिन एडमिसन फारम कहाँ पाइन्छ ?उनले मेरो हातमा भएको फारम देखेर होला सायद मलाई सोधेको | अनि मैले भने तपाइलाई चाहिएको हो भने यो नै लिनुस न मलाई चाहिएको छैन | यसो भने पछी उनले थ्यांक यु  भनेर फारम लिईन | एत्रो लाइनमा बसेर लिएको फारम दिए उनीलाई, मन मनै सोचे | फारम बुझाउने चाही उ त्यता  हो है भनि सकेपछी उनि फारम भरेर प्रशासन भवन तिर लागिन | म चाही तेही बसी राखे |

​               पढ्न मन अनि क्लासमा जान पनि मन लागि राखेको थिएन मलाई | यसो त क्लासमा मेरो मन मिल्ने साथीहरु पनि कोहि थिएनन् | अक्सर गरेर म एक्लै नै बस्ने गर्थे क्लासमा पनि | म फेरी मेरै जिन्दगीको सोच मा फर्की सकेको थिए | फेरी उही फारमवाली ले तपाई पनि फर्स्ट  ईयर हैन ? भनेर सोध्न आइ पुगिन | मैले हो भने | अनि उनले क्लास भएको छैन र भनेर सोधिन | मैले भने क्लास त भै राखेको छ तर मैले मात्र नलिएको हो भने | अनि किन त भनिन मैले यत्तिकै भने |  उनले फेरी जाउ न त क्लासमा मैले त क्लास पनि चिनेको छैन मलाई क्लास चिनाइदिन सक्नु हुन्छ भनिन | मैले पनि ठिकै छ जाउ न त भने  अनि दुवै जना लागेउ क्लासतिर |   

     क्लासमा सायद समाजसास्त्र  पडाइ  भै राखेको थियो | म आफै अघिल्तिर लागेर हामि कछ्यमा छिरेउ | कछ्यामा सबै जना मलाई अनि उनलाई हेर्दै थिए | अनि अचम्मित हुदै थिए सायद | सधै एक्लै बस्ने केटाले आज एउटी यति राम्री केटि ल्याएको छ भनेर पो हो कि |  अनि फेरी कपाल जिन्ग्रिन्न  भएको , झुस्स दारी  पालेको केटो संग यति राम्री केटि भनेर पनि हुन सक्छ | जे सुकै होस् हामी दुवै जना एकै बेन्च मा बसेउ | त्यो दिन उनको सङ्गत मा परेर मैले पनि पुरै क्लास लिए | मैले उनलाई यो कुरा पनि भने, अनि उनको जवाफ यस्तो थियो - त्यसो भए अबदेखि सधै मेरो सङ्गत गर्नु न त | म हासे | भोलि पल्ट म कलेज आउन अलि ढिला भएको थियो | म साइकल स्ट्यान्ड मा साइकल अड्याएर कलेज को क्लास तिर के जादै थिए उही समीको बुटको फेदबाट आवाज आयो - म यही छु है | मैले ओह भने अनि दुवै जना क्लास तिर लागेउ | यस्तै  गरि दिनहरु बित्दै थिए कलेजमा |

          आजकल म अलिक परिबर्तन भएको थिए साएद | मेरो सोच , मेरो विचार सबै मा परिवर्तन भै रहेको आभास हुन्थ्यो . पढ्न मन लाग्थ्यो, कलेज जान पनि मन लाग्थ्यो | अनि एउटा चिज चै गर्न मन लाग्दैनथ्यो - कलेज छोड्न | कलेज छिटो आउने गर्थे अनि फर्कने बेलामा अलि ढिलै हुन्थ्यो गफगाफले | मेरो मनको सबै कुरा उनि जान्न चाहन्थिन | मैले पनि सबै पिर व्यथा उनीसंग सेयर गर्न पाउदा मनको पिडा धेरै हलुका भएको जस्तो लाग्थ्यो | म लगभग डिप्रेसनमा परिसकेको मान्छे थिए | यो कुरा उनले पनि थाहा पाएपछी उनले मलाई घुमाउरो पारामा एउटा सुझाब दिएकी थिईन - यस्तो मान्छेले त आफ्नो मन मिल्ने मान्छेसंग लभ गर्यो भने सबै ठिक हुन्छ | हामी दुवै जना हासेउ | अनि मैले भने - मन मिल्ने मान्छे पनि त भेट्नु पर्यो | उनले ह ? भनिन अनि मैले फेरी थपे - तर डन्ट वोरी अबचाही भेटिसकेको छु | मैले यतीमात्र के भनेको थिए उनले आफ्ना आखालाई लजालु भावले झुकाउदा उनको आखाको माथि लगाइएको आइ स्याडो प्रस्ट देखिन्थ्यो | यस्तै गरि दिनहरु बित्ने गर्थे | कहिले उनि मेरो लागि हातमा फुल लिएर आउने गर्थिन | अझ  घरमा कहिलेकाही  मिठो मसिनो पाकेको छ भने पनि बोकेर आउने गर्थिन उनि | अनि दुवैजना कलेज को चौरमा बसेर खाने गर्थेउ | अब हामि बिच को सम्बन्ध यस्तो भइसकेको थियो कि एकदिन मात्र नभेट्दा पनि दिन नै सुन्य भए जस्तो लाग्थ्यो | उनको र मेरो औपचारिक प्रेम सम्बन्ध सुरु भइ सकेको थियो तेही बर्सको भ्यालेन्टाइन डे को दिन संगै | कहिलेकाही म उनलाई मुक्तक  सुनाउने गर्थे :-
तारा हौ तिमि जुन हौ तिमि
यो ज्यानको नसामा बग्ने खुन हौ तिमि |
जीवन अनि मरण दुवै हौ मेरो निम्ति
भगवानले नै पठाएको सगुन हौ तिमि ||
                                अनि उनको जवाफ यस्तो आउथ्यो :-
म तारा हैन जुन पनि हैन
यो भन्दा बढी भन्नै आउदैन
          हामि एक अर्कामा खुब रमाउथेउ | शनिबारको दिन पनि कहिले खोलाको तिर कहिले पाखा पखेरा, कहिले बगैचाको शितल छहारी खोज्दै हिड्थेउ हामि | ठाउसंग कुनै मतलब थिएन मात्र उनीलाई मेरो अनि मलाई उनको मतलब थियो | ठाउ त जहाँ भए पनि हुन्थ्यो | हामी दुवैजनाले एक अर्काको सारा खुसि अनि सारा दुखमा साथ दिने कसम खाएका थियेउ | बि ए को पढाई सकेर मात्र बिहे गर्ने निर्णय गरेका थियेउ हामीले |  

              मङ्सिर महिनाको समय थियो | दिउसो घाम लागि रहेको थियो | हिजो छुट्टिदा भोलि खोलाको तिर मा भेट्ने है भन्ने सल्लाह भएको थियो | सोहि बमोजिम म पनि खोलाको तिर तिर नै लागि सकेको थिए | सधै जसो उनि छिटो आएर मलाई कुर्ने गर्थिन तर आज म छिटो गएर उनीलाई कुरेर बस्छु भन्नी सोचेर घर बाट अलि छिटै निस्किएको थिए | हुन पनि आज म छिटै पुगेछु | उनि आइपुगेकी रहिनछन | म उनलाई कुरेर बसीराखे | त्यो खोलाको बहाब अनि तेस्ले ल्याएको हावासंगै खेलेको बालुवाको आवाजले पनि उनि आएको जस्तो लाग्थ्यो मलाई अनि फरक्क फर्केर आशातित हुदै हेर्ने गर्थे | एस्ता धेरै हेराइहरु ब्यर्थ भइसकेका थिए आज | खोइ किन हो उनि आइनन | म कुरेरै बसीराखे | म घन्टौसम्म कुरिरहे | तर उनि आइनन | मोबाइलमा कल गरे तर मोबाइल उठीराखेको थिएन | मेरो भित्रि मनमा कता कता डर पसिसकेको थियो - कतै उनले मलाई ... अह तेस्तो हुने सक्दैन | म आफ्नो मनलाइ आफै बुझाउने कोसिस गर्दै थिए | उनको घरमै जाउ भने पनि फेरी नराम्रो हुने हो कि भन्ने डरले त्यो पनि गर्न सकिन |  
            रातको सात बजेसम्म कुरिरहे उनीलाई तर पनि उनि आइनन | अनि निरास हुदै घर फर्किए | त्यो रात मेरो आखामा निन्द्रा थिएन | मन भारि भएको थियो | डर पनि लागिरहेको थियो भित्रि मनमा | न त उनको मोबाइल उठ्छ न कुनै म्यासेज नै आउछ | करिब डेढ वर्ष पछी आज एक्लो महसुस गर्दै थिए आफुलाई | ओछ्यानमा पल्टिएको थिए तर निन्द्रा लागेको थिएन | खाली उनकै याद आइ रहेको थियो | रात को करिब सवा एक बजे मेरो मोबाइलमा उनको नम्बरबाट एउटा म्यासेज आयो - सक्नु हुन्छ भने तुरुन्तै हस्पिटलमा आउनुस | म अचानक छागाबाट खसे जस्तो भए | सोचे न सम्झेको म्यासेज अचानक आयो | अनि फेरी तेही नम्बरमा कल गरे तर कल चाही उठीराखेको थिएन | म साइकिल लिएर कुदीहाले हस्पिटल तिर | बाटो भरि धेरै कुराहरु मनमा आए | अधेरो औसिको रात थियो | करिब आधा घण्टा को समय पछी म हस्पिटल पुगे | हस्पिटल पुगेपछि उनलाई खोजे तर भेट्टाउन सकिन | म स्या स्या गर्दै यता र उता हेरीरहेको थिए | हस्पिटलका रुमहरु चाहरी रहेको थिए तर भेट्टाउनै सकिन उनलाई | एकछिन पछी एकजना अधबैसे उमेरकी    महिलाले मेरो नाम तोकेर तपाई नै हो भनिन | मैले हो भने | उनकी आमा हुनुहुदो रहेछ वहा | अस्पतालको आइ सी यु मा लगेर डाक्टरलाई बुझाउनु भयो मलाई | अनि भन्नु भयो उ नै हो त्यो मान्छे | अनि डाक्टरले मलाई भित्र लिएर गए | त्यहाँ सानो आवाजमा मेरो नाम कसैले पुकारी रहेको थियो | मलाइ आफु माथि सिंगो आकाश खसे जस्तो लग्यो | चिच्याए , कराए , भित्तामा टाउको ठोके | त्यसपछी के भयो मलाई थाहा भएन | भोलिपल्ट उठ्दा त म पनि हस्पिटल को बेडमा पो रहेछु | मलाई स्लायेन चडाएर राखिएको रहेछ | अनि मैले आफ्नो स्लायेनको पाइप छुटाएर कुदे आइ सी यु तिर | तर त्यहाँ मैले उनलाई देख्न सकिन | मैले डाक्टर संग सोधे | डाक्टरको जवाफ थियो - आइ एम सरि | म आफ्नो दुवै कान बन्द गरेर डन्रंना लडे | आखिर मै माथि किन यस्तो बज्रपात | किन ????  मैले कसको के बिगारेको थिए र ? किन मलाई धोका दिईन उनले ? मलाई चाही जिउन सिकाउने अनि आफु चाही छोडी जाने ?
    अचानक मेरो जीवनमा ठुलो बदलाव आयो | मेरो जीवनलाइ औशिको कालरात्रिले घेरीसकेको थियो | डम्म बादल ले घेरिएको थियो | सुनेको थिए बादलको घेरामा पनि चाद हुन्छ | म खोजिरहेको थिए त्यो चाद तर भेट्टाउन सकिन किनकि रात औशिको थियो | बादल को घेरामा चाद भेट्टाउन पनि बादलको माथिबाट प्रकाश चाहिदो रहेछ तर दुर्भाग्य मेरो जीवन त...
छाडी गयौ तिमीले खलबल भो जिन्दगि
कता जाउ र के गरौ अलमल भो जिन्दगि

चट्यांग पर्यो मुटुमा दिलमा लाग्यो चोट अनि
अचानक को भूकम्पले हलचल भो जिन्दगि

औशिको कालो रात ले घेरेको भाग्य मेरो
अध्यारोको अन्धो जस्तै रलमल भो जिन्दगि


 

by Hom Nath Adhikari

मडारिएको बादल संगै अति बृस्टी भयो आज
सत्रुको हसाइ लाइ  मलजल भो जिन्दगि 

छाडी गयेउ तिमीले खलबल भो जिन्दगि
कता जाउ र के गरौ अलमल भो जिन्दगि...

- होमनाथ अधिकारी 

यो ठाउ बिज्ञापनको लागि खाली छ मात्र ४०००/महिना 

यो ठाउ बिज्ञापनको लागि खाली छ मात्र ४०००/महिना

यो ठाउ बिज्ञापनको लागि खाली छ मात्र ४०००/महिना

यो ठाउ बिज्ञापनको लागि खाली छ मात्र ४०००/महिना

यो ठाउ बिज्ञापनको लागि खाली छ मात्र ४०००/महिना

यो ठाउ बिज्ञापनको लागि खाली छ मात्र ४०००/महिना

यो ठाउ बिज्ञापनको लागि खाली छ मात्र ६०००/महिना

bottom of page